धरानमा लागूऔषध सहित एक जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका १७  लोकप्रिय मार्गबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जना पक्राउ गरेको छ ।

धरान १७ स्थित ३७ वर्षीय भुपाल न्यौपानेको घर कोठामा लुकाई राखेको अवस्थामा अबैध लागू औषध ब्राउन सुगरसहित न्यौपानेलाई पक्राउ गरिएको हो । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी टोलीले घरकोठामा कानुनी रूपमा चेकजाँच गर्दा ट्रामाडोल– १२ सय क्याप्सुल र ब्राउनसुगर १२ ग्रामसहित न्यौपानेलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

सेयर गर्नुहोस्