भरतपुर,जेठ २७-
चितवनको भरतपुर महानगरपालिका ३ मा एक पुरुष मृत भेटिएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार भरतपुर महानगरपालिका वडा नम्वर ३ स्थित आधारभुत स्वास्थ्य केन्द्र भवनको बरण्डामा अन्दाजी ५५ बर्षका टेक बहादुर तामाङ मृत भेटिएका हुन । उनले कवाड सामाग्री संकलनको काम गर्दै आएका थिए । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।