कुबेतको एक क्याम्पमा आगलागी, ४१ आप्रवासी श्रमिकको मृत्यु

कुबेतको माङ्गाफस्थित एक लेवर क्याम्पमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । मृत्यु हुने कामदार कुन-कुन देशका हुन खुलेको छैन । उक्त क्याम्मा नेपालीहरू पनि बस्थे । उनीहरुको अवस्थाबारे यकिन विवरण भइनसकेको कुबेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।कुबेतको एनबीटीसी कम्पनीमा कार्यरत श्रमिकहरु बस्ने क्याम्पमा आगलागी हुँदा ४१ श्रमिकहरुको मृत्यु भइसकेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

कुबेतस्थित नेपाली दूतावासकोअनुसार आगलागीमा नेपाली श्रमिक परे वा नपरेको विषयमा खोजी भइरहेको जनाएको छ ।

‘दूतावासको टोली क्याम्प र अस्पतालमा खटाइएको छ । प्रहरी र कम्पनीको व्यवस्थापनसँग समन्वय भइरहेको छ,’ घटानस्थलमा रहेका नेपाली दूतावासका उपप्रमुख सुजन बिडारीले ईकान्तिपुरसँग भने,‘त्यस कम्पनीमा नेपाली कार्यरत छन् । तर, नेपाली परे नपरेको पुष्टि भइसकेको छैन ।’

बुधवार बिहान ४ : ३० बजे क्याम्पको तल्लो तलको एउटा कोठाबाट आगो सल्किएको थियो । कम्पनीमा करिब एकसय ६० जना श्रमिक बस्दै आएका छन् । जसमा सबैभन्दा बढी भारतीय श्रमिकहरु रहेका छन् । १५ घाइतेहरुलाई जहरा, अलअदान, अल फरमानिया, अल अमिरी मुवारक अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।आन्तरिक मन्त्री शेख फहाद अल–युसुफ अल–सबाहले आगलागी भएको भवनको मालिक, सुरक्षागार्ड र कम्पनी मालिकलाई पक्राउ गर्न आदेश दिएका छन् ।

‘आगलागी कम्पनी र भवन सञ्चालकको लोभको परिणाम हो’, आगलागीस्थलको भ्रमणपछि मन्त्री सवाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सेयर गर्नुहोस्