काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलाम जिल्ला अस्पतालमा दरबन्दीअनुसारका डाक्टर नभएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सुहाङले इलामको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउन माग गरे ।‘नेपालको संविधानले स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । तर, इलामका जनताले त्यो हकको बारेमा उपभोग गर्न पाएका छैनन्’ उनले भने ‘इलाम अस्पतालमा १४ जनाको विषेशज्ञको दरबन्दी छ ।
तर, ३ जनामात्रको पदपुर्ती भएको छ । ११ जना बिदामा हुनुहुन्छ । त्यसमा पनि एक जना बिदामा हुनुहुन्छ । इलाम अस्पतालमा उपकरण सबै छ । तर दक्ष जनशक्ति नहुँदा उपयोग गर्न सकिएको छैन् । दक्ष जनशक्ति नहुँदा सामान्य उपचारका लागि झापा झर्नुपर्ने बाध्यता छ । यसको अन्तयका लागि सरकारलाई गम्भीर ध्यानाकषर्ण गराउँदछु’