छिमेकीको घरमा पाहुना आएका व्यक्तिको हत्या गरेको आरोपमा १ जना पक्राउ

विराटनगरमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर-४ का २४ वर्षीय गणेश भन्ने रमेश यादव छन् ।

उनलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (आरआईटी) जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गरेको हो ।

असार ५ गते बुधबार राति रमेश यादवले छिमेकीको घरमा पाहुना आएका दुहबी नगरपालिका-१२ सुनसरीका २३ वर्षीय अक्लेशकुमार यादवलाई सामान्य विवादका क्रममा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट घाइते भएका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रमेश यादवलाई प्रहरीले भाग्दै गरेको अवस्थामा सुनसरीको लौकहीबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्