झापाको एक ग्यारेजमा आगलागी, नौ लाख बराबरको क्षति

झापाको अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित पदम बडी निर्माण ग्यारेजमा आगलागी भएको छ ।

विद्युत् सर्ट भएर आइतबार बिहान आगलागी भएको हो ।

आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 


 

सेयर गर्नुहोस्