झापामा चट्याङ लागेर दुईको मृत्यु

झापा– आज बिहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए।

साथै गौरीगञ्ज गाउँपालिका-३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गिरीलाई चट्याङ लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ। रासस

 

सेयर गर्नुहोस्