जोगी बनेर भिख माग्न पुगेका भारतीय नागरीकले कानको रिङ लुटेपछि…

काठमाडौं, काठमाडौंबाट प्रहरीले दुई भारतीय नागरिक प्रकाउ परेका छन् । दुई दिनअघि काठमाडौंको सेतोपुलस्थित एक घरमा डेरा गरी बसिरहेकी महिलासँग भिख माग्न गएका दुई भारतीय नागरिकलाई प्रहरीले प्रकाउ गरेको हो ।

जोगीको भेषमा भिख माग्न पुगेका भारतको हरियाणाका २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना प्रकाउ परेका हुन् । उनीहरुले भिख माग्ने क्रममा कानमा लगाएका दुवै रिङ लुटेर लगेको प्रहरीको दाबी छ।

प्रहरीले उनीहरूको साथबाट लुटिएको भनिएका रिङ पनि बरामद गरेको छ।

 

सेयर गर्नुहोस्