कप्तान रोहित शर्मा दुईवटा टी–२० विश्वकप जित्ने भारतका पहिलो र एक मात्र खेलाडी बनेका छन् ।शनिवार राति बार्बाडोसमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराएर उपाधि जितेसँगै उनले यो कीर्तिमान बनाएका हुन् ।
सन् २००७ मा भारतले पहिलो विश्वकप जित्दा रोहित सबैभन्दा कान्छा सदस्य थिए । अहिले उनी टोलीका सबैभन्दा जेठा सदस्य रहेका छन् ।
भारतले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको हो । विश्वकप जितेसँगै ३७ वर्षीय कप्तान रोहित र विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।