स्राेत नखुलेको भारतीय रुपैयाँ र चरेशसहित तीन जना पक्राउ

काठमाडौं सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले २ लाख ५ हजार ६ सय भारतीय रुपैयाँसहित भारत घर बताउने अन्दाजी ३६ वर्षीय सत्येन्द्र कुमारलाई नियन्त्रणमा लिएको छ ।

बिआर २८ एडी ९२५८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनको साथमा भारतीय नोट फेला परेको हो । त्यस्तै असार १८ गते सोही गुल्मले करीव १० किलो २ सय ३० ग्राम चरेशसहित भारत घर बताउने अन्दाजी २१ वर्षिय भरत साह र १८ वर्षीय मनिष कुमारलाई नियन्त्रणमा लिएको छ ।

बीआर ०५ बी.ई. ०७६७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुले मोटरसाईकलको हेल्मेट र सिटमुनी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा चरेश फेला परेको हो । नियन्त्रमा लिईएकाहरुलाई बरामद रुपैयाँ, चरेश र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

सेयर गर्नुहोस्