सुनको मूल्यको नयाँ रेकर्ड

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मुल्य हो ।

यस अघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सेयर गर्नुहोस्