नेपाललाई भारतले आगामी आर्थिक वर्षमा ७ सय करोड भारु अनुदान दिने

काठमाडौँ / भारतको वित्त वर्ष २०२४/२५ को बजेट आज सार्वजनिक गरिएको छ। वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गरेकी हुन्।

भारतको बजेटमा नेपालले पाउने अनुदान बढाएर ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) पुर्याइएको छ। वित्त वर्ष २०२३/२४ मा भारतीय सरकारले भारु ६ अर्ब ५० करोड अनुदान दिएको थियो । त्यसअघि वित्त वर्ष २०२२/२३ मा भारतले भारु ४ अर्ब ३४ करोड अनुदान नेपाललाई दिएको थियो।भारतले वित्त वर्ष २०२४/२५ मा सबैभन्दा बढी अनुदान भुटानलाई दिने भएको छ। यो वर्ष भुटानले भारु १० अर्ब ७८ करोड अनुदान र भारु ९ अर्ब ८९ करोड ऋण गरी भारु २० अर्ब ६८ करोड भारु पाउने भएको छ ।

सेयर गर्नुहोस्