मंगलबार नेप्से ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा बन्द भएको छ।आज नेप्से परिसूचक गत २८ महिनायताकै उच्च विन्दुमा पुग्दा आठ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, माण्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउजिङको मूल्य १० प्रतिशतका दरले बढेको छ भने साहस ऊर्जाको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको मूल्य ९.९६ प्रतिशत र युनिभर्सल पावरको मूल्य ९.८३ प्रतिशतले बढेको छ।यी कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। बोटलर्स नेपाल बालाजुको प्रतिकित्ता मूल्य १९ हजार १४० रूपैयाँ, समृद्धि फाइनान्सको ५१८ रूपैयाँ १० पैसा, माण्डु हाइड्रोपावरको एक हजार ३५३ रूपैयाँ, हाथवे इन्भेष्टमेन्टको एक हजार १८६ रूपैयाँ ९० पैसा, नेपाल वेयर हाउजिङको एक हजार ७९ रूपैयाँ १० पैसा र साहस ऊर्जाको मूल्य ६०६ रूपैयाँ ४० पैसा कायम भएको छ।
यस्तै, हिमालयन ऊर्जा विकास कम्पनीको प्रतिकित्ता मूल्य २४८ रूपैयाँ ४० पैसा र युनिभर्सल पावरको मूल्य २५८ रूपैयाँ १० पैसा पुगेको छ।