सुनको भाउ हालसम्मकै उच्च

काठमाडौँ , भदौ ५।
स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला १ लाख ५३ हजार रुपैयाँ (११ दशमलव ६६ ग्राम) को हालसम्मकै उच्च पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार हलमार्क सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसको मूल्य अघिल्लो दिनको तुलनामा आज प्रतितोला आठ सय रुपैयाँले बढेको हो । यो आन्तरिक बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च हो ।

त्यस्तै चाँदीको भाउ हिजो मंगलबारको तुलनामा आज तोलामा १५ रुपैयाँले बढेर एक हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ ।

सेयर गर्नुहोस्