अनमोल केसीको शीर्ष भूमिका रहने फिल्म ‘जेरी अन टप’मा साइग्रेस पोखरेल अनुबन्धित

काठमाडौं, अनमोल केसीको शीर्ष भूमिका रहने फिल्म ‘जेरी अन टप’को क्रिएटिभ भूमिकाको लागि ‘कन्टेन्ट क्रिएटर’को रुपमा चर्चित साइग्रेस पोखरेल अनुबन्धित भएका छन् ।

सामाजिक सञ्जालमा पछिल्लो समय ‘कन्टेन्ट क्रिएटर’को रुपमा चर्चित पोखरेल र निर्माता सरोज न्यौपानेबीच बिहीबार लिखित सहमति भएको छ । पोखरेलले यो फिल्ममा पटकथा र संवादको पक्ष केलाउनेछन् । ‘स्क्रिप्ट र डायलग सहित क्रिएटिभ पार्टको लागि उहाँले काम गर्नुहुनेछ’ न्यौपानेले अनलाइनखबरसँग भने ।
फिल्म साइन गरेपछि पोखरेलले आफूले अभिनेता केसीलाई समेत फलो गरिरहेको बताए । युरोपमा बसोबास गर्दै आएका पोखरेल यतिबेला काठमाडौंमा छन् । सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्मको छायांकन अर्को सातादेखि सुरु गर्ने तयारी छ । फिल्मलाई काठमाडौं, लुक्ला र भारतको लद्दाखमा खिच्ने तयारी छ ।

फिल्ममा अनमोल सहित आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका हुनेछ । अनमोल केसी, आँचल शर्मा र जसिता गुरुङको मुख्य भूमिका रहनेछ । फिल्मको प्रदर्शन भ्यालेन्टाइन्स डेको सन्दर्भमा फागुन २ गते रिलिज हुँदैछ ।

सेयर गर्नुहोस्