भदौ २९ ,काठमाडौँ।
बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर महानगर समितिले महानगरस्तरीय हाजिरी जवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। महानगरको प्रभात माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा हाजिरी जवाफतर्फ १८ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा ब्राइट फ्युचर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। रुद्रायणी मावि दोस्रो भएको थियो भने प्रगति शिक्षा सदन र चण्डी आदर्श सरल मावि तेस्रो भएका थिए।
यसैगरी “बालमैत्री विद्यालय” शीर्षकमा कक्षा ५ सम्मका बालबालिकाका लागि आयोजना गरिएको चित्रकला प्रतियोगितामा ओमेगा विद्यालय प्रथम भएको थियो। यस्तै रुद्रायणी र ओमेगा विद्यालय नै दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका थिए। नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका उपाध्यक्ष कमला थापा तथा शिक्षक नेतृत्वहरू सुरेन्द्रकुमार घिमिरे , देवीप्रसाद दुलाल लगायतले ट्रफी पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो।
महानगरका अध्यक्ष श्री आनन्द ढुङ्गानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।