काठमाडौं– सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले प्रारम्भिक प्रतिवेदनमाथिको छलफल जारी राखेको छ ।शनिबारबाट प्रारम्भिक प्रतिवेदनमाथि छलफल सुरु भएको हो । प्रतिवेदनमाथि समग्र छलफल गरेर अन्तिम रूप दिने काम भइरहेको समितिको भनाइ छ।संसदीय समितिको सचिवालयले तयार पारेको प्रतिवेदनमा थपघट गरेर अन्तिम रूप दिने काम भइरहेको समितिको तर्क छ ।
समिति सभापति सूर्य बहादुर थापा क्षेत्रीका अनुसार हालसम्ममा छानबिन कार्यको वित्तीय विश्लेषण प्रस्तुति गरिएको छ।