सरस्वती युवा क्लब भरतपुर १५ को अध्यक्षमा शुभास सिलवाल चयन

१३ असोज, चितवन–
श्री सरस्वती युवा क्लब भरतपुर १५ को अध्यक्षमा शुभास सिलवाल चयन भएका छन । क्लवको १९ औं अधिवेशनले सिलवाललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अध्यक्षमा निर्विरोध निर्वाचित सिलवाल सामाजिक सेवामा सकृय रहँदै आएका छन । उनि विभिन्न हिमाल आरोहण गरेर पनि चर्चामा रहँदै आएका सहकर्मीहरुले बताए ।

बिदुर केसी निर्वाचन अधिकृत रहेको अधिवेशनले उपाध्यक्षमा श्रीकृष्ण थापा, सचिवमा राजु केसी, सह–सचिवमा यम बहादुर अधिकारी र कोषाध्यक्षमा बिना थापा केसीलाई चयन गरेको छ । यसैगरि क्लबको कार्यसमिति सदस्यहरुमा बिबेक पौडेल, शान्ती केसी, सन्जु बिष्ट र लक्ष्मी पौडेल पौडेल चयन भएका निर्वाचन अधिकृत केसीले जानकारी दिए ।

निर्वाचन कार्यक्रमअधिको औपचारिक सत्रका प्रमुख अतिथि भरतपुर १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटाले संस्थाको नयाँ भवन निर्माणका लागि केहि बजेट छुट्याउने प्रतिवद्धता जनाए ।

क्लबको भवनका जग्गादाता एक बहादुर पन्तले सडक मापदण्डमा परेको हालको भवन अन्यत्र सार्न पुनः जग्गा उपलब्ध गराउने घोषणा गरे । नव निर्वाचित अध्यक्ष सिलवालले नयाँ भवन निर्माण आफ्नो मुख्य दायित्व हुने उद्घोष गरे ।

सेयर गर्नुहोस्