आज झ्याप्लेखोला पहिरोबाट निकालियो थप १५ शव

काठमाडौँ, असोज १३-

झ्याप्ले पहिरोमा पुरिएका १५ जनाको शव निकालिएको छ । भेटिएका शवमध्ये ११ पुरुष र ४ जना महिलाको छ ।

फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो

सेयर गर्नुहोस्