नाडाद्वारा प्राकृतिक प्रकोपमा राहत सामग्री वितरण

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले प्राकृतिक प्रकोप बाढी, पहिरोमा परी घरबार बिहिन भिएका पीडीतहरुका लागि तत्काल खान मिल्ने केहीँ राहत सामग्री वितरण गरेको छ ।

असोज १२ गते नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएका प्रतिनिधिहरुले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरिक्षक किरण बज्राचार्यलाई भेटी ५० कार्टुन चाउचाउ र ८० कार्टुन जुस हस्तान्तरण गरेको हो ।

देशमा अनपेक्षित आएको भारी वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । काठमाडौं उपत्यकासहित देशभरबाट एक सय भन्दा बढीको मृत्यु भएको छ भने दजनौं व्यक्तिहरु अझैं बेपत्ता छन् । बाढी पहिरोमा परी घरबार बिहिन हुन पुगेकाहरुका लागि तत्काल खान मिल्ने राहत सामग्री प्रदान गरिएको नाडाले जनाएको छ ।

नाडाले विगतकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता राहत सामाग्रीहरु सम्बन्धित निकायहरुलाई वितरण गर्दै आएको छ ।

सेयर गर्नुहोस्