बाडी पीडित घाइतेको अवस्था बुझन भक्तपुर अस्पतालमा बागमतीका मुख्यमन्त्री

भक्तपुर , भक्तपुर अस्पतालको अनुगमनमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा आएका छन् ।

गत शुक्रवार र शनिवार परेको अविरल वर्षाका कारण भएको क्षति र त्यसमा परि घाइते भएका बिरामीको अवस्था बुझनका लागि मुख्यमन्त्री लामाका साथमा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर, उद्योग मन्त्री शुक माया तामाङ, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ भक्तपुर अस्पताल पुगेका हुन् ।

उनले बाडी पीडित घाइतेहरूको उपचारमा अस्पतालले गरी रहेको काम कारबाहीको विषयमा जानकारी लिएका थिए ।

यस्तै अनुगमनका क्रममा मुख्यमन्त्री लामाले विरामीको विषयमा जानकारी लिने क्रममा, उनीहरूले अस्पतालमा डेंगु सङ्क्रमणलाई ध्यानमा राखी सञ्चालित फिभर क्लिनिक, निर्माणाधीन डायलिसिस संरचना, र सिटी स्क्यान उपकरणको लागि स्थानको अनुगमन पनि गरेका थिए ।

सोही क्रममा भक्तपुर अस्पतालकी निर्देशक डाक्टर सुमित्रा गौतमले भक्तपुर अस्पतालको विषयमा जानकारी दिएका थिए । उनले आपतकालिन सेवाका लागि अस्पताले गरेका काम र अस्पतालको अवस्थाको विषयमा मुख्य मन्त्री लगायतका पाहुनालाई जानकारी दिएका थिए ।

मुख्यमन्त्री लामाले जिल्ला प्रशासन कार्यालयले विपतमा गरेका काम कारबाहीको विषयमा पनि जानकारी लिएका थिए ।

भक्तपुरमा विपतमा भएका काम उत्कृष्ट भएको मुख्यमन्त्री लामाले बताएका थिए । भक्तपुरमा विपतको समयमा प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, सेना, रेडक्रस तथा अन्य समाजसेवीले गरेको कार्य अन्य जिल्ला भन्दा उत्कृष्ट भएको समेत बताएका थिए ।

सेयर गर्नुहोस्