धरान, कात्तिक ५-
अदालतको आदेशपछि पनि धरानका वडाध्यक्षले कार्यवाहक मेयरको जिम्मेवारीलाई निरन्तरता दिएका छन्। धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोले उच्च अदालत बिराटनगरको आदेशपछि पनि कार्यवाहक मेयरको जिम्मेवारीलाई निरन्तरता दिएका छन्।
आइतबार उच्च अदालतले वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने मेयरको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो। तर फागोले अदालतको पत्र अझै आइनसकेकाले आफू अझै कार्यवाहक मेयरकै जिम्मेवारीमा बसेको बताए।
दुई साताका लागि बेलायत गएका मेयर हर्क साम्पाङले कार्यबहाकको जिम्मेवारी उपमेयर आइन्द्रविक्रम बेघालाई नदिएर वडाध्यक्षलाई दिएका थिए।