रविमाथि दुर्व्यवहार गरेको भन्दै आयोगमा उजुरी गर्ने रास्वपाको तयारी

काठमाडौं– 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले दुर्व्यवहार गरेको भन्दै रास्वपाले उजुरी गर्ने भएको छ । अनुसन्धानको क्रममा मानव अधिकारको हनन हुनेगरि दुर्व्यवहार गरेको भन्दै रास्वपाले मानव अधिकार आयोगमा उजुरी दिने निर्णय गरेको कानून व्यवसायी यज्ञमणि न्यौपानेले बताए । 

उनले खबरहबसँग भने, ‘हामी अहिले नै आयोगमा उजुरीका लागि जाने भएका छौँ । थप कुरा पछि आउँछ ।’ न्यौपाने अहिले रास्वपा पार्टीका साधारण सदस्य हुन  । उनी लगायत रास्वपाका केही नेता मानव अधिकार आयोगमा उपस्थित भएर उजुरी दिने बताइएको छ ।

सेयर गर्नुहोस्