काठमाडौंमा पेस्तोलसहित १ जना पक्राउ

११ कात्तिक, काठमाडौं

काठमाडौंमा एक जना पेस्तोलसहित पक्राउ परेका छन् ।पक्राउ पर्नेमा दैलेख घर भई हाल काठमाडौं महानगरपालिका–१६, बस्दै आएका २५ वर्षीय अनिल खड्का छन् ।

पेस्तोल देखाएर डरत्रास फैलाउँदै हिँडेको सूचनाका आधारमा खड्कालाई शनिबार राति करिब ९ बजे रानीवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

उनको साथबाट अटो पेस्तोल यूएसए ६५ एनओ १ लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद गरिएको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

सेयर गर्नुहोस्