पूर्वसभामुख ढुंगानाको निधनप्रति प्रधानमन्त्री ओलीबाट श्रद्धाञ्जली व्यक्त

काठमाडौं, मंसिर २-

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।

“वि।सं। २०४६ मा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु । नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवद्र्धनमा उहाँको योगदान सम्झिरहेको छु,” प्रधानमन्त्रीले भनेका छन् ।

सेयर गर्नुहोस्