बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो? ४ महिना अगाडि by नेपाल जिन्युज काठमाडौं । पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ। आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार आठ सय ३० कायम भएको छ । सेयर गर्नुहोस्