तमिलनाडुमा भारी वर्षा, विद्यालयहरू बन्द गर्न आदेश

काठमाडौँ –

भारतको तमिलनाडुमा भारी वर्षाको सम्भावनाका कारण धेरै जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ।प्रशासनले चेन्नई र वरपरका जिल्लाहरूमा विद्यालयहरू बन्द गर्न आदेश दिएको छ।

भारतीय मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको दक्षिण–पश्चिममा रहेको चापीय प्रणाली गहिरो भएकाले फेङ्गल नामको आँधी बन्ने सम्भावना रहेको छ ।समाचार एजेन्सी एएनआईका अनुसार बुधबार यो दबाब उत्तरपश्चिमतर्फ सर्नेछ र चक्रवातको रूप लिन सक्छ।

मौसम विभागका अनुसार तमिलनाडु र आसपासमा बिहीबारसम्म वर्षा जारी रहनेछ। अहिले चेन्नईमा लगातार पानी परिरहेको छ ।बीबीसीका अनुसार प्रशासनले माछा मार्नेहरूलाई समुद्रमा जान प्रतिबन्ध लगाएको छ।

कम्तीमा दुई जिल्लामा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ।आगामी शुक्रबारसम्म वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

सेयर गर्नुहोस्