कर बढाउने घोषणापछि ट्रम्पलाई भेट्न अमेरिका पुगे ट्रुडो

फ्लोरिडा ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न फ्लोरिडा पुगेका छन् । यो बैठक यस्तो समयमा हुन लागेको हो, जब केही दिनअघि ट्रम्पले क्यानडामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए।

ट्रुडो शुक्रबार साँझ फ्लोरिडाको पाम बिच इन्टरनेसनल एयरपोर्टमा अवतरण भएको क्यानाडाली मिडियाले जनाएको छ । जहाँबाट उनी ट्रम्पलाई उनको घर अर्थात् मार–ए–लागो एस्टेटमा भेट्न जानेछन् ।दुई नेताहरूले यस हप्ताको सुरुमा फोनमा कुरा गरे, जब ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानडाबाट अमेरिकामा आउने सबै उत्पादनहरूमा उच्च शुल्क लगाउने घोषणा गरे।

न त ट्रम्पको टोलीले कुनै जवाफ दिएको छ न त ट्रुडोको कार्यालयले ट्रुडोको यो भ्रमणबारे कुनै जानकारी दिएको छ । यो भ्रमण ट्रुडोको सार्वजनिक कार्यक्रमको सूचीमा समावेश गरिएको थिएन। दुवै नेताले सँगै डिनर गर्ने स्रोतबाट जानकारी प्राप्त भएको छ ।

सेयर गर्नुहोस्