काठमाडौं, मङ्सिर १५ गते ।
काठमाडौंको तारकेश्वर नगरपालिका–८ शेषमती लामबगर शान्तिटोल गेट नजिक सडकमा बा.४ ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बसमा सवार नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्च बहादुर लामा र ताँदी गाउँपालिका–१ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझा रहेको प्रहरीले जानएको छ ।
प्रहरी्दवारा जारी बुलेटिनमा दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै बसबाट खसेर घाइते भएका बसका सह–चालकलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।