सिमकोट-
हुम्लाको सर्केगार्ड गाउँपलिकाको उपनिर्वाचनको मतदान कार्य जारी रहेको बेला अहिले ११ बजेसम्म ३०.८७ प्रतिशतभन्दा बढी मतदान सम्पन्न भएको छ ।कुल मतदातामध्ये दुई हजार एक सय जनाले अहिले ११ बजेसम्म मतदान कार्य गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए ।
सर्केगार्डमा कुल छ हजार ८१० मतदाता संख्या रहेको छ । यो मतदान भएको संख्या बाह्र वटा मतदान स्थल र तेह्र बटा मतदान केन्द्रको गरेर हो । मतदान कार्य जारी रहेको छ । यी मतदान केन्द्रमा ७३ जना कर्मचारी र मतदान केन्द्रमा १७३ जना सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।
सबै मतदान केन्द्रमा गरि छ हजार ८१० मतदाताहरुले मतदान कार्यमा सहागिता जनाई रहेका छन् ।






