माइतीघरमा रवि लामिछानेका समर्थकले गरे प्रदर्शन

काठमाडौं, मंसिर १६-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी ठगी प्रकरणमा काठमाडौं सरकारी वकिल कार्यालयमा लामिछानेको बयान भइरहँदा उनका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले राजनीतिक प्रतिशोध साँधेर निर्दोष व्यक्तिलाई थुनामा राखेको आरोप लगाएका छन् ।

प्रदर्शनकारीहरूले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गरु लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नारा लगाएका थिए ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा बयानका लागि बिहीबार काठमाडौं ल्याइएको थियो ।

सेयर गर्नुहोस्