प्रतितोला १२०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ, मंसिर १७-

नेपाली बजारमा सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको हो।

योसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँ थियो ।

सेयर गर्नुहोस्