काठमाडौं,मंसिर १८-
नेपाल प्रियिमर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले पहिलो ओभरमै तीन विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा चितवन राइनोजका सोहेल तानबिरले तीन विकेट लिएका हुन् ।
पोखराका कप्तान कुशल भुर्तेल र बास डे लिड गोल्डन डकआउट भए भने दिलीप नाथ ४ रनमा आउट भए । चितवनले दिएको १६२ रनको लक्ष्यमा पोखराले पछ्याइरहेको छ ।






