प्रधानमन्त्री ओली र चिनियाँ स्थायी कमिटि अध्यक्ष लेजिबिच भेट

काठमाडौं, मङ्सिर १८ गते ।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी कमिटिका अध्यक्ष झाव लेजिबिच भेटवार्ता भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले केहीबेर अघि अध्यक्ष लेजिसँग ग्रेट हल अफ पिपलमा भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङ र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भेटवार्ता गर्नुभएको थियो । सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली यही मङ्सिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्