बालेनले गराए काठमाडौँ–१६ मा रास्वपाबाट निर्वाचित रोजिनालाई शपथ (तस्बिरहरु)

काठमाडौँ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्षलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शपथ गराएका छन् ।

मंगलबार आयोजित एक कार्यक्रमका बिच मेयर शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो भने सो क्रममा श्रेष्ठलाई बधाई तथा शपथ कार्यकालको शुभकामना दिइएको थियो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि त्यहाँ आइतबार उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारलाई पाखा लगाउँदै श्रेष्ठ विजयी भएकी थिइन् ।

rojina shapath (1)rojina shapath (2)rojina shapath (3)rojina shapath (4)rojina shapath (5)rojina shapath (6)rojina shapath (7)rojina shapath (8)rojina shapath (9)rojina shapath (10)rojina shapath (11)rojina shapath (12)rojina shapath (13)rojina shapath (14)rojina shapath (15)rojina shapath (16)rojina shapath (17)rojina shapath (18)rojina shapath (19)rojina shapath (20)rojina shapath (21)rojina shapath (22)

सेयर गर्नुहोस्