भर्जिनिया ।
महिनौँदेखि अमेरिकामा नेपाली नर्स ममता काफ्लेको श्रीमान् नरेश भट्टमाथि पत्नीको हत्या गरेर शव लुकाएको मुद्दा चलाइएको छ । जुलाई महिनाको अन्त्यतिर श्रीमती ममताको गएको हत्या गरेर नरेशले शव लुकाएको आरोपमा अब अदालतमा बहस हुने भन्दै सीएनएनले समाचार छापेको छ ।
नरेश भूतपूर्व अमेरिकी सेना हुन् । उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा उनीमाथि औपचारिक रूपमा अभियोग लगाइने समाचारमा भनिएको । नरेशले जुलाई ३० मा ममताको हत्या गरेको मानसास पार्क प्रहरीले बताएको छ ।
अगष्ट २ मा प्रहरी ममता र नरेशको घर पुगेका थिए । सोधपुछका क्रममा नरेशले ममतालाई अन्तिमपटक ३१ जुलाईमा भेटेको बताएका थिए । प्रारम्भिक अनुसन्धानपछि ममतालाई बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई २२ अगष्टमा पक्राउ गरेको थियो । त्यसयता नरेश प्रहरी हिरासतमा छन् । लामो अनुसन्धानपछि ममताको हत्या गरेर नरेश आफैले उनको शव लुकाएको प्रमाण अदालतमा पेस गरिएको थियो ।






