बेवारिसे महिलाको मृत्यु

हेटौँडा, मङ्सिर २१ गते ।

हेटौँडाको बसपार्कबाट बेवारिसे अवस्थामा फेला पर्नुभएको एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नं. १० बसपार्क क्षेत्रमा काम गर्दै खादै हिँड्ने अन्दाजी ३५ वर्षीय कन्चन परियार नाम बताउने महिलाको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । महिलाको वतन भने खुलेको छैन ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बिरामी भई उपचारका लागि प्रहरीले उद्धार गरी हेटौँडा अस्पताल लगेकोमा उहाँको उपचारको क्रममा चिकित्सकले मृत घोषण गरेको हो । परियारको शव अस्पतालमै रहेको छ ।

सेयर गर्नुहोस्