काठमाडौं ।
नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजविरुद्धको खेलमा कर्णाली याक्सका विपिन शर्मा ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।
शुक्रबार भएको खेलमा उनी ‘प्लेयर अफ द म्याच’ घोषित भएका हुन् । उनले चितवनका ३ खेलाडीलाई आउट गरेका थिए । शर्माले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।उनी टिमका आइकोनिक खेलाडीसमेत हुन् ।
कर्णालीकै गुल्शन झाले ‘क्याच अफ द म्याच’ अवार्ड प्राप्त गरे । उनले २५ हजार रुपैयाँ पाएका छन् ।







