काठमाडौं :
देव खनाल र विलियम बोसिस्टोको अर्धशतकीय पारीमा कर्णालीले विराटनगर किंग्सलाई १३४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा १३३ रन बनाउँदै अलआउट भएको हो। कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ६६ रनको पारी खेले। उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका हुन्। त्यस्तै ओपनर देव खनालले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै क्याच आउट भए। ओपनर शिखर धवन ५, चाड्विक वाल्टन १, जिसन मक्सुद २ रन बनाए भने ४ खेलाडी डकआउट भए।
अन्तिम ओभरमा ४ विकेट गुमायो ।अन्तिम ओभरको ३ बलमा ३ विकेट जाँदा कर्णाली अलआउट भएको हो। विराटनगरका लागि प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिए। क्रिस सोल, वसिर अहमदले समान २/२ विकेट लिए। अकिव इलियासले १ विकेट लिए। यी दुवै टिमको यो चौथो खेल हो। विराटनगर र कर्णाली दुवैले १ खेलमा जित र २ खेलमा हार बेहोरेका छन्।






