नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स जनकपुर बोल्ट्ससँग १ रनले पराजित भएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो हार व्यहोरेसँगै लुम्बिनी लायन्सको प्ले अफ सम्भावना कमजोर बनेको छ।
एनपीएलको चार खेलमा पराजित लुम्बिनी अंकविहिन रुपमा तालिकाको पुछारमा छ।
एनपीएलको चार खेल खेल्दा जित विहिन हुने लुम्बिनी एक्लो टोली हो। लुम्बिनीले अब एनपीएलमा तीन खेल खेल्न बाँकी छ। बाँकीका तीन खेलमा जित निकालेपनि लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर छ।
यता लगातार चौथो जित दर्ता गरेको जनकपुरको भने प्ले अफ सम्भावना बलियो बनेको छ। ४ खेलबाट ८ अंक जोडेको जनकपुर अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ।
आइतबारको पहिलो खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले पराजित गर्दै लगातार चौथो जित निकालेको हो।
जनकपुर बोल्ट्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३५ रन मात्र बनाउन सक्यो।
अन्तिम १ बलमा २ रन चाहिएको अवस्थामा सन्दीप जोरा क्याच आउट भएपछि लुम्बिनीले लगातार चौथो हार व्यहोरेको हो।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै सर्वाधिक रह्यो। ३८ बलमा ३ चौका सहयोगमा ३५ रन बनाएका रोहित हर्ष ठाकेरको बलमा जेम्स निसमको हातबाट क्याच आउट भए।
टोम मोरिसले ३१ रन थपे। अर्जुन साउद २० रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट भए।