संसद्‌का यी दुई समितिका बैठक आज

प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज (आइतबार) बस्दै छ।

बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० मा दफाबार छलफल गर्ने कार्यसूची छ।

यसैगरी आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दै छ।

समितिले आज नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल गर्ने कार्यसूची छ।बैठक दिउँसो २:३० बजेका लागि बोलाइएको छ।

सेयर गर्नुहोस्