आधा किलो सुनसहित काभ्रेबाट २ जना पक्राउ

काठमाडौं ।

काभ्रेमा आधा किलो भन्दाबढी सुनसहित २ जना पक्राउ परेका छन्। बनेपा नगरपालिका–१३ साँगा चोकबाट ५ सय ५८ ग्राम सुनसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा रोशी गाउँपालिका–९ बस्ने ३८ वर्षीय बसन्त लामा र रामेछाप मन्थली नगरपालिका–१ बस्ने २९ वर्षीय अमृत श्रेष्ठ रहेका छन् ।

काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बीएबी ८६०८ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको सिट मुनी प्लास्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त सुन प्रहरीले फेला परेको हो।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान थलिएको प्रहरीले जनाएको छ।

सेयर गर्नुहोस्