हार्वड खुल्ला स्क्र्याबल च्याम्पियनशिपको पहिलो दिन सम्पन्न: १०२ विद्यार्थीको सहभागिता

काठमाडौ , मङ्सिर २९

पोखरामा जारी हार्वर्ड खुल्ला स्क्र्याबल च्याम्पियनशिपको पहिलो दिन १० चरणका खेलहरू सम्पन्न भएका छन्। च्याम्पियनशिपको उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर खत्री सभापतिको भूमिकामा थिए भने गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेष बहादुर पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित भए ।

मन्त्री पौडेलले यस्तो प्रकारका खेलकुदले विद्यार्थीहरूको मानसिक क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गर्ने बताए। कार्यक्रममा देशभरका ११ जिल्लाबाट १०२जना विद्यार्थीको सहभागिता रहेको छ।

कार्यक्रममा क्लबका उपाध्यक्ष धु्रव थापाले स्वागत मन्तव्य राखेका थिए। प्राविधिक संयोजक अर्जुन पाण्डेका अनुसार ३० गते बाँकी ६ चरणका खेलहरू सम्पन्न गरिनेछ र त्यसपछि अन्तिम नतिजा सार्वजनिक गरिनेछ।

कार्यक्रम संयोजक नवीन पन्तले विद्यार्थीहरूको बसोबास र खानपानको व्यवस्था विद्यालयले आवासीय र गैर-आवासीय रूपमा गरिरहेको जानकारी दिए।

यो प्रतियोगिताले विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक भावना, नयाँ अनुभव, र शैक्षिक विकासमा ठूलो टेवा पुर्‍याउने विश्वास गरिएको छ।

सेयर गर्नुहोस्