दुईवटै समूहको विजेता बन्यो एन्जल लर्ड स्कुल

काठमाडौँ, पुस १

शैक्षिक गुणस्तर विकाश तथा विधार्थीहरु को क्षमता विकाशका लागि काठमाडौँ स्थापना भएको संस्था डिन DEAN ले गत साता प्याब्सन अध्यक्ष प्रेम कुमार राईज्यूको प्रमुख आतित्थमा डिन अन्तर–विद्यालय लोक साँस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरेको छ। ज्ञानमाला इङ्गलिस हाई स्कुल बौद्ध, रामहिटीमा सम्पन्न भएको कार्यक्रममा कोटेश्वोरमा अवस्थित एन्जल लर्ड एकेडेमीले जुनियर र सिनियर दुवै तर्फ प्रथम स्थान हासिल गरेको छ।

यसैगरी दोस्रो र तेस्रो जुनियर तर्फ सुभाष गुरुकुल एकेडेमी र जागृती एकेडेमी भएका छन् भने सिनियर तर्फ दोस्रो र तेस्रो क्रमस क्यानभास बोर्डिङ हाई स्कुल र ज्ञानमाला इङ्गलिस हाई स्कुल भएका छन्।
हराएर जान लागिसकेका नेपालका विभिन्न कला संस्कृति परम्परालाई उजार गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा २५ वटा भन्दा बढी विद्यालयहरूले विभिन्न किसिमका लोप उन्मुख नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा बिशिस्ट अतिथि काठमाडौं प्याब्सनका उपाध्यक्ष रिता राइ दाहालको पनि उपस्थिति रहेको थियो।

यस्ता किसिमका सांस्कृतिक कार्यक्रमहरूले विद्यार्थीहरूमा प्रयोगात्मक शिक्षा र हाम्रा चलिआएका पुराना धर्म संस्कृति परम्पराहरूलाई निरन्तरता दिने कुरा एन्जल लर्ड स्कुलका प्रिन्सिपल टंक लिम्बुले बताउनु भयो।

सेयर गर्नुहोस्