पुस २ ,काठमाडौँ
ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको उपलक्ष्यमा ललितपुर महानगरपालिकाद्वारा आयोजना गरिएको सामुदायिक विद्यालय स्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगितामा ललितपुरको ग्वार्को त्यागल स्थित प्रभात माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। प्रभात माध्यमिक विद्यालयका छात्र कृष्ण शाह तेलीले सहभागी ४० वटा विद्यालयलाइ पछि पार्दै प्रथम स्थान हासिल गरेका हुन्। कक्षा ९ मा अध्ययन साह अतिरिक्त क्रियाकलापहरुमा निक्कै प्रखर मानिन्छन्। यसैगरी द्वितीय र तृतीय क्रमश पद्मप्रकाश माध्यमिक विद्यालयका जगदम्बा भट्ट र श्रीचण्डी सरल आदर्श माध्यमिक विद्यालयका
उर्मिला थापा भएका थिए।महानगरदिवसको अवसरमा आज ललितपुरको पुल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री के.पी. शर्मा ओलिले बिजेता स्कुल र विद्यार्थिहरुलाई नगद तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो। कार्यक्रममा विभिन्न विशिष्ट व्याक्तिहरुको उपस्थिति रहेको थियो।