पुस २ , काठमाडौँ
ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०६ औ दिवसको अवसर पारेर महानगरपालिकाभित्रका विद्यालयहरूलाई शैक्षिक गुणस्तर, विद्यार्थी संख्या, अतिरिक्त क्रियाकलाप तथा विद्यालयमा हुने विभिन्न शैक्षिक गतिविधिको आधारमा निर्माण गरिएको मापदण्ड अनुसार सर्वोत्कृष्ट तीन विद्यालयलाई नगद तथा प्रशंसा पत्र प्रदान गरी पुरस्कृत गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आतिथ्यतामा पौष २ गते सम्पन्न कार्यक्रममा श्री त्रिपद्म विद्याश्रम विद्यालय प्रथम भएको थियो। यसैगरी ललितपुर ग्वार्को त्यागलमा अवस्थित प्रभात माध्यमिक विद्यालय द्वितीय भएको थियो भने श्रमिक शान्ति माध्यमिक विद्यालयले तृतीय स्थान प्राप्त गरेको थियो।
प्रथम द्वितीय तृतीय विद्यालयहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नगद पुरस्कार क्रमश ३ लाख ५० हजार , २ लाख ५० हजार र १ लाख ५० हजार प्रदान गर्नुभएको थियो। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरू लगायत ललितपुर महानगरपालिकाका मेयर श्री चिरी बाबु महर्जन तथा उपमेयरको समेत उपस्थिति रहेको थियो।