२२ पुस, काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि जारी छ ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन् ।आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक र महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राखिरहेका हुन् ।
प्रतिवेदनमाथि आइतबार २७ जना केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।बाँकीले आज धारणा राखेपछि निष्कर्ष प्रस्तुत गरिने एमाले नेताहरुले बताएका छन् ।