हमासले संघर्षविराम सम्झौताअन्तर्गत ३४ बन्धकलाई रिहा गर्ने

काठमाडौं

इजरायलमा सशस्त्र संघर्ष गर्दै आएको हमास समूह गाजा संघर्षविराम सम्झौताअनुसार पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न सहमत भएको छ ।

बीबीसीको हिन्दी अनलाइन संस्करणले हमासका एक वरिष्ठ अधिकारीले रिहा गरिने ३४ जना बन्धकहरूको सूची बीबीसीलाई उपलब्ध गराएको छ ।हमासले उपलब्ध गराएको बन्धकहरूको सूचीमा १० महिला र ५० देखि ८५ वर्षसम्मका ११ बन्धक छन् । जसमा केही युवासमेत रहेका बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार यसअघि हमासले ती युवा इजरायलको हवाई आक्रमणमा मारिएका दाबी गरेको थियो । हमासले सूचीमा नाम उल्लेख गरिएका बन्धकहरूमध्ये कयौँ बन्धक बिरामी छन्। यद्यपि, इजराइली प्रधानमन्त्री बेज्यामिन नेतन्याहुको कार्यालयले हमासका तर्फबाट बन्धकहरूको सूची अहिलेसम्म उपलब्ध नगराइएको जनाएको छ । 

यसअघि इजरायलले युद्ध विराम र बन्धकहरूको रिहाई सम्झौताका लागि कतारमा फेरि वार्ता सुरु भएको जानकारी दिएको थियो ।-बीबीसीबाट

सेयर गर्नुहोस्