आजपनि बढ्यो सुनको मूल्य

काठमाडौँ, पुस २५-

नेपाली बजारमा आज (बिहीबार) सुनको बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) पाँच सयले बढेको सुन आजपनि ८०० रुपैयाँले बढेको हो ।

जसअनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ५२ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

सेयर गर्नुहोस्