काठमाडौं–
नेपाली कथानक चलचित्र गुरु आमाको पहिलो पोस्टर सार्वजनिक भएको छ ।
बुधबार एक कार्यक्रमका बिच चलचित्र निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् ।चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धुर्व कोइराला, उत्तम के.सी, गिरी बहादुर पुन लगायतका कलाकारको उत्कृष्ट अभिनय छ ।
निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले चलचित्र ‘गुरुआमा’ छिट्टै दर्शकहरूमाझ ल्याउने तयारी भइरहेको बताए ।उनका अनुसार चलचित्रले शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्धलाई उजागर गरी समाजलाई प्रेरणा दिने छ ।
‘चलचित्रले किशोर किशोरी कसरी दुर्व्यसनमा फस्छन्, सन्तान बिग्रनुमा सङ्गत र अभिभावक कत्तिको जिम्मेवारी हुन्छन् भन्ने विषय छर्लङ्ग देखाएको छ’ सुनारले भने, ‘आशा छ यो चलचित्र हेरिसकेपछि सन्तानको सुन्दर भविष्य निर्माणमा र सन्तानलाई गलत प्रवृत्तिबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।